Connect with us
Advertisement

कम विकसित मुलुकमा कोरोनाको सङ्क्रमण पनि किन कम ?

Published

on

चीनको बुहान सहरबाट सुरु भएको कोरोना भाइरस (कोभिड १९) को त्रास विश्वभर महामारीको रुपमा फैलिरहेको छ । कोरोना भाइरस अहिले विश्वमै महामारी बनेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्वव्यापी समस्याको रुपमा घोषणा गरिसकेको छ ।

मानव सभ्यतकै चुनौतीको रुपमा देख परेको कोरोना भाइरस चिन युरोप अमेरीका हुँदै हाम्रै देश नेपालमा समेत देखा परिसकेको अबस्था छ । यो सारा धर्तीका मानिसहरुले अहिले दुस्ख भोगीरहेका छन्, पीडा भोगीरहेका छन, आक्रान्त भोगीरहेका छन, भय भोगीरहेका छन की दुनियामा यो कोराना भाइरसलाई जित्ने कुनै औषधी बनेको छैन । यसको एउटै औषधी शरीरमा जन्मजात रुपमा लिएर आएका हुन्छौँ  “रोगप्रतिरोधात्मक क्षमता” त्यसलाई मजवुत बनाउनु हो ।

सम्पूर्ण संसारमा यो फैलिइ रहँदा, सम्पूर्ण मान्छेलाई आक्रान्त पारिरहँदा यसलाई अलि सुक्ष्म ढङ्गले नियालेर हेर्दा एउटा अद्‌भूतको चित्र अगाडि आउँछ । चिनबाट शुरु भएको यो माहामारी युरोप हुँदै अमेरिका फैलिएको छ, अफ्रिका फैलिएको छ र एशियाको त कुरै छोडौँ । अद्‌भूत कुरो यो छ की विकसित मुलुकका मान्छेहरु जहाँ मान्छेहरु बढी सभ्य, बढी शिक्षित, बढी वैज्ञानिक देखिन्छन त्यहिँका मान्छेहरु यसबाट बढी पिडित छन्, बढी मारिएका छन् ।

यो अबस्थामा हामीले बुझ्नु पर्ने कुरा के हो भने कोरोना भाइरसले एशियमा पनि आक्रमण गर्यो तर त्यति मान्छे मरेनन जति युरोपमा मरिरहेका छन् । अमेरिकामा जति फैलँदो छ त्यति अफ्रिकमा फैलँदो छैन ।

अफ्रिकामा थोरै भन्दा थोरै मान्छे मरिरहेका छन तुलनात्मक रुपमा हेर्ने हो भने । विकसित मानिसहरु र विकसित देशलाई मात्र निसाना बनाएर आएको भाइरस हो त कोरोना रु अनुमान गरेजस्तो यदि यो अफ्रिका जस्तो देशमा फैलियो भने, यदि यो नेपाल जस्तो देशमा फैलियो भने वा निम्न आयश्रोत भएको मुलुकमा फैलियो भने यसले ठूलो विनास गर्छ भन्ने पूर्वानुमान एक किसिमबाट सिथिल भएकोछ ।

यो नेपाल मात्र हैन अफ्रिकामा पनि त्यस्तो भयानक रुपलिन पाएको छैन । अब प्रश्न यो छ की किन यो कम विकसित मुलुकमा कमै फैलियो । माहामारी चर्को हुनु पर्ने, भटाभट मान्छे मर्नु पर्ने तर त्यस्तो देखिएन । यसको कारणलाई नियाल्दा हामीले विकसित मुलुकका मानिसको दिनचर्यालाई बुझ्नु पर्ने हन्छ ।

विकसित मुलुकमा मानिसहरु शारीरिक श्रम कम गर्छन् र मानसिक श्रम बढी गर्छन् । जहाँ मानसिक श्रम बढी भन्दा बढी हुन्छ, मानसिक दवाव बढी भन्दा बढी हुन्छ त्यहा स्वतस् मान्छे चिन्ताग्रस्त हुन्छ, तनावग्रस्त हुन्छ र टेन्सनको सिकार हुन्छ । जो मान्छेलाई तनावले गाज्छ दिनरात त्यो मान्छेको रोगप्रतिरोधात्मक क्षमता तुलनात्मक रुपमा कमजोर हुन्छ ।

रोगप्रतिरोधात्मक क्षमता बलियो बनाउनका लागि धेरै कुरामध्य सबभन्दा बलियो कुरा मानसिकता, सकरात्मकता, खुसी, आनन्द, सबै खालको सकरात्मक भावना हो । विकसित मुलुकमा मानसिक दवावको कारणले गर्दा यी कुराहरु खोसिएका हुन्छन् । यसकारण उनीहरुको रोगसँग लड्ने क्षमता कम हुनु स्वभाविक हो । दुनियामा भाइरसलाई जित्ने कुनै ‍औषधी बनेको छैन त्यसको एउटै औषधी भनेको हामीले जन्मजात रुपमा लिएर आएको नेचुरल किलर (रोगप्रतिरोधी क्षमता) बढाउनु हो । त्यसको सङ्ख्या बढदै जानु भनेको कोरोना र यसभन्दा पछि आउने भाइरसहरुबाट पनि बच्नु हो ।

यहाँबाट बुझ्नै पर्ने कुरा के हो भने मानसिक स्वास्थ्यलाई जोगाइ राख्नु र शरीरलाई चलाइ राख्नु आजको युगको आवश्यकता हो । एउटा दृष्टान्त हेरौँ वनस्पतिको शरीर र मानव शरीर दुबै प्राणि हो । वनस्पतिको शरीर धेरै चलायौँ भने भाचिन्छ तर मानव शरीर ठीक त्यसको उल्टो धेरै चलाएनौँ भने रुग्ण हुँदै जान्छ, रोगी हुदै हँदै जान्छ । कम विकसित मुलुकका मानिसहरुले बिहानदेखि बेलुकीसम्म मजदुरी गर्नु पर्छ, खेती गर्नु पर्छ ।

अझै पनि धेरै मेसिनको विकास, रोवटको विकास र पहुच नभएको कारणले शारीरिक परिश्रम गरिरहेका हुन्छन् र त्यो देशमा कोरोनाले कम आक्रान्त पारेको तथ्याङ्क हाम्रो अगाडि छ । यसबाट हामीले के सिक्न जरुरी छ भने कुनै न कुनै रुपले हाम्रो शरीरलाई चलायमान राख्नु जरुर छ र मनलाई शान्त र शन्तुलित राख्नका लागि ध्यान, प्राणायाम, भजनकिर्तन अथवा आध्यात्मिक प्रणालिका कुराहरु छन् जसले मनलाई शान्त राख्छ त्यो गर्न जरुर छ । शान्त मन र बलिष्ठ तन भयो भने हामीलाई कोरोना जस्ता भाइरसहरुले केही गर्न नसक्ने कुरा अहिले छर्लङ्ग भएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

धनवन्तरी जयन्ती कि धनतेरस

Published

on

महाभारतका अनुसार समुद्र मन्थनद्वारा अमृतको कलशसँगै प्रकट भएका, विष्णुका १२ औं अवतार र ओखती (आयुर्वेद)का अधिष्ठाता, देवताहरूका वैद्य धन्वन्तरीको प्राकट्य दिवस÷कार्तिक कृष्ण त्रयोदशीलाई नै धन्वन्तरि जयन्ती भनिन्छ ।

यस दिनमा धन्वन्तरीको आराधनाबाट आयु, आरोग्य एवम् ऐश्वर्य प्राप्त हुने कुरा शास्त्रीय मान्यता हो । तर कुरा नै नबुझेर केही भारतीय व्यापारीले सामान बेच्न चलाएको धनतेरसको हल्लामा हल्लिन अहिले सामाजिक सञ्जालमा पनि यो र त्यो किन्नुपर्छ भन्दै घातक मलजल गरेको पाइन्छ ।

यसले पसलमा भीडभाड हुने त पक्का छ तर कुरा नबुझेर गरेको अन्धविश्वासले मात्रै न त संस्कार बच्दछ न ऐश्वर्यलाई नै बचाउन सकिन्छ । त्यसैले सचेत बनौ, महङ्गीका मारमा नफसौं । भगवान धन्वन्तरीले हामी सबैलाई तन र मनले स्वस्थ राखून्..।

Continue Reading

Banner

एसियाली खेलकुदः पुरुष क्रिकेटमा कीर्तिमानको वर्षा

Published

on

अहिले खेल जगतमा एसियाली खेलकुद २०२३ सर्वाधिक चर्चित छ । जसअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता यही सेप्टेम्बर २७ देखि अक्टोबर ७ सम्म चलिरहेको छ । सो खेल चीनको हागझाउमा रहेको झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा भइरहेको छ । १३४७ दर्शक क्षमताको क्रिकेट फिड सम्पूर्ण सहभागी टिमको लागि हुनेछ । प्रतियोगितामा सिधै प्रवेश र छनोट चरण गरी दुई चरणमा खेल हुनेछन् । छनोट चरणमा ९ देश सहभागी रहनेछन् ।

भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जुन १ २०२३ सम्मको आईसीसी टी २० वरियतामा शीर्ष पाँच वरीयता हुन् । उनीहरूलाई पुरुष क्रिकेट प्रतियोगितामा क्वार्टर फाइनलमा प्रत्यक्ष प्रवेश दिइएको छ । बाँकी नौ टोलीलाई प्रारम्भिक चरणका लागि तीन–तीन टोलीको तीन समूहमा विभाजन गरिएको छ । एकल–लेग राउन्ड–रोबिन खेलहरू पछि समूह विजेताहरू क्वार्टरमा ठूलो पाँचमा सामेल हुनेछन् । नेपाल छनोट चरणको समूह ए मा रहेको छ ।

समूह ए मा नेपालसहित मङ्गोलिया र मालदिभ्स रहेका छन् । समूह चरणको पहिलो खेल अन्तर्गत नेपाल र मङ्गोलियाबीचको खेल नेपाली टोलीको लागि नेपाली क्रिकेट इतिहासकै सर्वाधिक सफल मात्र भएन उक्त खेल अहिले विश्व क्रिकेट जगतमा सर्वाधिक चर्चाको खेल बन्यो । सो खेल सेम्टेम्बर २७ मा झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी खेलमैदानमा भएको थियो । सामान्य सुरुवात गरेको नेपाली टिमले ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल र अरिफ सेक क्रमशः व्यक्तिगत १९ रन र १६ रन जोड्दै पभेलियन फर्किए । त्यसपछि आएका ३ ब्याट्सम्यान कुशल मल्ल, रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी खेल मैदानमा रनको वर्ष गर्दै झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी स्टुडियमलाई विश्व क्रिकेट इतिहासको साक्षी बनाए ।

भारतका आक्रामक ब्याट्सम्यानको टि २० फर्मेटको सर्वाधिक छिटो अर्धशतक युवराज सिंहको कीर्तिमानलाई दीपेन्द्र सिंह ऐरीले तोडेर कीर्तिमान विश्व क्रिकेटमा आफनो नाम दर्ज गर्न सफल भए । अर्का आक्रामक ब्याट्सम्यान कुशल मल्लले विश्व क्रिकेट टि २० इतिहासकै सबैभन्दा छिटो ३४ बलमा शतक पूरा गरी अर्को कीर्तिमान नेपाली खेलाडीको नाममा पार्न सफल बन्दै टि २० क्रिकेटमा सर्वाधिक ३१५ रनको उच्च स्कोरको इतिहास रच्न सफल भए ।

समूह चरणको दोस्रो खेलमा नेपाली टिमले अक्टोबर १ मा मालदिभ्सको सामना गर्ने छ । ३ समूहमा विभाजित टिममध्ये समूह विजेताले सेमीफाइनलमा सीधै प्रवेश गरेका टिमहरूको सामना गर्नेछन् ।

एसियाली खेलकुदः पुरुष क्रिकेटमा नेपालको कीर्तिमानी जीत

Continue Reading

Banner

पर्यटनमा नेपालको हालसम्मको अवस्था

Published

on

हुन त पर्यटनलाई विश्वका प्रायः सबै मुलुकले उद्योगको रुपमा मान्यता दिइसकेको अवस्था छ । तर दुःखको के छ भने हाम्रो देश नेपालले भने यस सम्बन्धमा धेरै ढिला गरिरहेको छ । अभैm पनि नेपाल सरकारलाई नेपाली पर्यटनका अगुवाहरुले ‘नेपालको पर्यटन र होटल क्षेत्रलाई पनि उद्योग सरहको मान्यता देऊ !’ भनेर माग गरिरहनुपरेको अवस्था छ । जे होस्, विश्वका अधिकांश मुलुकका पर्यटन व्यवसायी र सरकारका लागि कम लगानी र लगभग शून्य जोखिममा खोलिने वा भनौं सुरु गरिने र आम्दानीको राम्रो स्रोतको रुपमा लिने गरिन्छ, पर्यटन उद्योगलाई । २७ सेप्टेम्बरका दिन ४४ औं विश्व पर्यटन दिवस परेको थियो ।

सन् १०७९ मा भएको संयुक्त राष्ट्र संघ (संरासं–युएन) को साधारण सभाको भेलाले १९८० को सेप्टेम्बर २७ मा ‘विश्व पर्यटन दिवस’ मनाउने निर्णय गरेको थियो । त्यसपछि लगातार संयुक्त राष्ट्र संघ (संरासं–युएन) को मातहतमा विश्वभर ‘विश्व पर्यटन दिवस’ मनाउने गरिन्छ । त्यसैले यो वर्ष (गएको २७ सेप्टेम्बर) ४४ औं विश्व पर्यटन दिवस मनाइयो । ‘विश्व पर्यटन दिवस’ मनाउनुको खास कारण चाहिँ पर्यटनको महत्व विश्वका सर्वसाधारण जनताहरुलाई पनि बुझाउने, पर्यटनबाट हुने आम्दानीको हिस्सा तलतलका जनताहरुमा पुर्याउने, पर्यटनबाट पनि मनग्य आम्दनी गर्न सकिन्छ भन्ने महत्व बुझाउने, विश्वभरिका देशहरुमा रहेका सुन्दर ठाउँहरु चिनाउने, तिनको प्रचारप्रसार गर्ने, विश्वका विभिन्न जातजातिहरु, भाषाभाषीहरु, वेशभुषा, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता, प्राचीन स्मारक, युद्घस्थल, ऐतिहासिक स्थल, पुराना मानव बस्तीहरु, प्रकृतिले बनाएका आश्चर्यलाग्दा ठाऊँहरुको चिनारी र प्रचारप्रसार गर्ने, मानव निर्मित कृत्रिम पर्यटकीयस्थलहरुको दृश्यावलोकन गराउने र तिनको प्रचारप्रसार गर्ने लगायत कयौं उद्देश्यहरु राखेर ‘विश्व पर्यटन दिवस’ मनाउन सुरु गरिएको थियो । अहिले त धेरै जसो देशहरुले ‘दिगो र जिम्मेवार पर्यटन’ भन्ने नीति र नारा पनि ल्याएका छन् । हुन पनि यसो विचार गर्दा आगामी दिनमा पर्यटन क्षेत्रमा कुनै पनि देशले दिगोपना र जिम्मेवारीपनलाई सँगसँगै कार्यान्वयन गर्न नसकेमा पर्यटनबाट हुने आम्दानीको स्रोत घट्दै गएर आम्दानीको स्रोत नै नरहने सम्भावना पनि प्रवल रहेको देखिन्छ ।

त्यसो त विश्वमा औपचारिक रुपमा पर्यटन व्यवासाय सुरु भएको इतिहास हेर्दा लगभग एक सय ८३ वर्षको भइसकेको छ । विश्वमा पर्यटन व्यवासाय औपचारिक रुपमा सुरु भएको सन् १८४१ मा हो । सो वर्ष बेलायती नागरिक थोमस कुकले व्यवस्थित र सङ्गठित रुपका साथै निश्चित रकम लिएर आफ्नै देशका नागरिकहरुलाई देशभित्रै घुमाउन सुरु गरेका थिए । निश्चय नै त्यसअघि पनि विश्वका अनेक मान्छेहरुले अनेक खालका भ्रमणहरु गर्थे÷गरेका थिए । तर, ती मान्छेहरुले गर्ने भ्रमणहरु फरक–फरक उदेश्य लिएर हुने गथ्र्यो । जस्तै धार्मिक, व्यापारिक, जासुसी लगायत अनेकखाले खोज–अनुसन्धानका लागि धेरै मान्छेहरु त्यो बेला पनि अन्य देशको भ्रमणमा निक्लन्थे । तर, त्यसमा केही न केही निहित उद्देश्य त हुन्थ्यो नै ।

त्यसैले बेलायती नागरिक थोमस कुकको भ्रमण टोलीलाई नै किन पहिलो पर्यटकीय टोली मानियो ? थोमस कुकले सुरुमा आफ्नै मुलुक बेलायतका पर्यटकहरुलाई आफ्नै मुलुकको विभिन्न ठाउँको भ्रमण गराएर आन्तरिक पर्यटकको रुपमा भ्रमण व्यवसायको सुरुवात गरे । जसको पर्यटकीय वा भनौं घुम्ने÷विदा मनाउनेबाहेक अरु कुनै उद्देश्य थिएन । यसरी कुनै उद्देश्य, नाफा वा व्यक्तिगत स्वार्थ नलिई गराएको भ्रमण भएकाले उक्त भ्रमण टोलीलाई ‘पर्यटकीय टोली’ मानियो । यसरी स्वदेशकै आन्तरिक पर्यटकलाई घुमाउने व्यवस्था मिलाएर उनले ‘ट्राभल बिजनेस’ अर्थात् भ्रमण व्यवसाय सुरु गरे । सोही कारणले गर्दा उन (थोमस कुक) लाई पर्यटनको सुरुवातकर्ता मात्रै होइन, पर्यटन क्षेत्रको पिता नै मान्ने गरिएको छ ।

तर सुरुमा उनले पनि दीर्घकालीन योजना बिना नै भ्रमण व्यवसाय सुरु गरेकाले उक्त व्यवसायबाट नाफा होइन, घाटा खाए । यसरी घाटाको व्यापार कति समयसम्म गर्न सकिन्छ ? अतः उनले यसबाट पाठ सिकेर फेरि कमिसनको आधारमा ‘ट्राभल बिजनेस’ अर्थात् भ्रमण व्यवसायको सुरुवात गरे । सुरुमा उनले लागत खर्चबाहेक पाँच प्रतिशत (खुद नाफा) कमिसन खान्थे । यसरी उनले सन् १८४५ मा फेरि कमिसन खाएर यो व्यवसाय सुरु गरेपछि उनले पछाडि फर्केर हेर्नुपरेन । यसरी आन्तरिक रुपमा सुरु गरेको भ्रमण व्यवसायले राम्रो प्रगति गरेपछि उनले सन् १८७२ मा १० जना बेलायती नागरिकहरुलाई लिएर पर्यटकीय उद्देश्यका साथ विश्वका विभिन्न देशहरुमा भ्रमण गर्न निस्किए । यसरी लगभग एक सय ८१ वर्षअघि थोमस कुकले १० जना पर्यटक लिएर विश्वको विभिन्न देशमा पर्यटकीय उद्देश्यले घुम्न निस्किए । यता विश्वका अधिकांश मुलुकका अरबौं÷खरबौं मानिसहरुले विश्वका अधिकांश मुलुकका पर्यटकीय स्थलको भ्रमण गरे, पर्यटकीय उद्देश्यका साथ ।

यता, हाम्रो देश नेपालमा भने लामो समयसम्म (१०४ वर्षे राणा शासनकालमा) विदेशीलाई (कूटनैतिक उद्देश्य बाहेक) नेपालको भ्रमण गर्न नै बन्देज लगाएकोले पयर्टनले छिटो र राम्रोसँग फस्टाउने अवसर पाएन । जसको असर हालसम्म पनि परिरहेको छ । त्यसो त वि.सं. २००७ सालमा आएको राजनीतिक परिवर्तनदेखि वि.सं. २०१५ सालसम्मको संक्रमणकालीन अवस्थामा पनि नेपालमा अपेक्षित रुपमा पर्यटनले फस्टाउने अवसर पाएन ।

तत्कालीन राजा महेन्द्रले विसं २०१७ सालमा राजनैतिक कू गरेपछिको सुरुताका भने केही विदेशीहरु अघि सरेर नेपालमा पर्यटन व्यवसायको सुरुवात गरे । (हुन त यसो भन्दा राजावादी भएको आरोप पनि लाग्न सक्छ) त्यसमा पनि बेलायती, जर्मन, जापानीज, स्वीस, रुसी, फ्रान्सिसी आदि विदेशी नागरिकहरुले नेपालको पर्यटन प्रवद्र्घन गर्नमा योगदान गरेको देखिन्छ, सुरुका दिनमा । ती विदेशीहरु, जो नेपाल आएर बसेका थिए, उनीहरु सुरुमा शुद्घ पर्यटन व्यवसायीको रुपमा भन्दा पनि कुनै न कुनै उद्देश्यले नेपाल आएर बसेका थिए । जे भए तापनि नेपालको पर्यटनको विदेशमा प्रचारप्रसार र पर्यटन बजारको विस्तार गर्नमा विदेशीहरुबाटै सुरु भएको हामीले स्वीकार्नुपर्ने हुन्छ ।

३० वर्षे पञ्चायतकालमा पनि नेपालमा पर्यटन क्षेत्रमा जति प्रगति हुनु पर्ने हो, त्यति भएन । उता सन् १९८९\९० मा आएको प्रजातान्त्रिक परिवर्तनसँगै नेपाल आउने विदेशी पर्यटकहरुको संख्याले पनि बल्ल लाखको संख्या नाघ्न थाल्यो । यसरी सन् १९८९\९० मा नेपालमा आएको प्रजातन्त्रसँगै पर्यटनले पनि केही बढी महत्व पाएको मान्न सकिन्छ । यसबीचमा प्रजातान्त्रिक भनिएको सरकारले पनि नेपालको पर्यटनका लागि सरकारी तवरबाट खासै गर्व गर्नलायक काम गरेन, शिवाय हिमाल आरोहीबाट सक्दो सलामी दस्तुर लिने, पदयात्रा (ट्रेकिङ) र जलयात्रा (र्याफ्टिङ) मा जाने पर्यटकहरुलाई अनुमति दिएबापत उनीहरुबाट मनग्गे शुल्क असुल्ने, नियन्त्रित क्षेत्रबाट त झनै महङ्गो शुल्क लिने गरिन्थ्यो भने अभैm पनि नियन्त्रित क्षेत्रबाट केही महङ्गो शुल्क लिने गरिेन्छ । त्यो बाहेक तत्कालीन श्री ५ को सरकारले केही गरेको थिएन त ? स्वाभाविक प्रश्न उठ्छ । हो, पर्यटन क्षेत्रमा तत्कालीन श्री ५ को सरकारले गरेको काम हामीले गर्वका साथ भन्न सक्ने र बाहिरबाटै देखिने भनेको ‘पर्यटन बोर्ड’को गठन पनि एक हो । तर, त्यही बोर्ड पनि कहिलेकाहीँ (राजनीतिक कारणले) वषौंसम्म काम गर्न असमर्थ नै किन नहोस् ।

जे होस्, समग्रमा हेर्दा २०६२÷०६३ को तेस्रो जनआन्दोलनपछि नेपाल आउने विदेशी पर्यटकहरुको सङ्ख्या लगातार बढिरहेको भए तापनि ती पर्यटकहरुले नेपालमा आएर गर्ने दैनिक खर्च र, उनीहरुको नेपाल बसाइ भने बढ्नुको सट्टा घट्दै गएको देखिन्छ । त्यसैले हामीले नेपाल आउने पर्यटकहरुको संख्या मात्रै होइन, उनीहरुले गर्ने दैनिक खर्च र नेपाल बसाईमा पनि कसरी बढोत्तरी ल्याउने ? यसतर्फ पनि विषेश ध्यान दिनु पर्ने जरुरी देखिन्छ । उता सन् २०१५ मा आएको प्राकृतिक विपत्ति भूकम्प र भारतको अघोषित नाकाबन्दीले नेपालका पर्यटन अरु थिलथिलिएको थियो । सन् २०१५ मा आएको प्राकृतिक विपत्ति भूकम्प र भारतको अघोषित नाकाबन्दीको असर स्वरुप सन् २०१४ को तुलनामा सन् २०१५ मा नेपाल भ्रमणमा आएका पर्यटकको संख्या ३२ प्रतिशतले कमी आएको थियो । अर्थात् सन् २०१४ मा सातलाख ९० हजार ११८ जना विदेशी पर्यटक नेपाल आएका थिए भने सन् २०१५ मा पाँचलाख ३८ हजार ९७० जना विदेशी मात्रै नेपाल आएका थिए ।

हन त नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको संख्या सन् २०१५ को तुलनामा सन् २०१६, २०१७, २०१८ र २०१९ मा लगातार बढिरहेको थियो । तापनि सन् २०१९ को अन्तिममा सुरु भएको कोरोना महामारीका क्रम (सन् २०२०, २०२१ र २०२२) मा चाहिँ धेरै कम संख्यामा विदेशी पर्यटकहरु नेपालमा भ्रमण गर्न आए । यस बीचमा जति पनि विदेशी पर्यटक आए, उनीहरुको समग्र नेपाल बसाइ अवधि र उनीहरुले नेपाल आएर घुम्ने क्रममा गर्ने गरेको दैनिक खर्च गर्ने क्षमता पनि बढ्दो क्रममा होइन कि (सन्२०२०मा बाहेक) घट्दो क्रममा रहेको देखिन्छ ।
[email protected]

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक